Written by: Kirtan Poudyal - 23024, Grade XII
Posted on: 09 August, 2022
बाटोमा हिँड्दा आज देखेँ सडक घटना
मोबाइलबाट खिच्ने थुप्रै थिए त्यो घटना,
बिचरालाई सहयोग गर्ने थिएनन् धेरै
अहिलेको समय फरक छ सारै ।
आफूलाई पाल्न छन् सबै तयार
अनि देश भएको छ छ्यारब्यार,
मानवता हराए जस्तो लाग्न थालेको छ
हुनत समय नै फरक छ ।
दोष दिन थालेका छन् समयलाई
दोष देऊ तिम्रो निर्दयी दृष्टिकोणलाई
साथी यस्तै हो भने संसार
मानिस नै छन् नाशवान् यहाँ ।
समय छ अझै बिग्रेको छैन केही
फरक पार आफूलाई भन्छु म सधैँ,
यदि यस्तै हो भने संसार
मानिस नै हुने छ बेकार ।