Logo

Student Corner

पढाइ

Written by: Smriti Lama - 25015, Grade X

Posted on: 09 August, 2022

जहाँ जाँदा पनि सताउँछाै मलाई  
एक दिन छुटे अत्याउँछाै मलाई
विद्यालयको सम्पत्ति हौ तिमी 
त्यसैले बाहिर नसताउ मलाई ।

तिमी मेरो कर्तव्य हाै 
तिमी नै मेरो जिम्मेवारी पनि
कर्तव्य र जिम्मेवारी बुझेकी छु मैले
मेराे पनि भार बुझ्ने गर कहिले कहिले ।

सोच्दछु मेरो विद्यालय घर
पर्नुछ मलाई यसकै भर
जताततै ज्ञान भन्छन्
देऊ पढाइमा ध्यान भन्छन् ।

हुन त तिमीविना म केही पनि हैन 
तिमी नै मेरो भाग्य कोर्ने कलम र कापी
तिमी नै मेरो भविष्यकाे सहारा
तिमी छैनौ त म पनि छैन याे संसार ।