Written by: Aarashi Shakya - 24004, Grade XI
Posted on: 08 August, 2022
म छोरी आमाको ममतामा लुकेकी
बाबाको इज्जतको पछि झुकूँ
परिवारको छविमा लुकूँ कि ?
समाजको तिखो बोलि अघि झुकूँ
म छोरी, जाउँ त जाउँ कहाँ ?
जन्मदै आमाको लागि पिर
दाजुभाइका लागि डर
बाबाको लागि बोझ भएर जन्मिएकी
जसलाई पकृतिले पनि ठगेकी
म छोरी जाउँ त जाउँ कहाँ ?
बदलियो समय, बदलियो मेघ
बदलिएन मानिसको नियत
बदलिएन संसारको हेराइ
म छोरी जाउँ त जाउँ कहाँ ?
यो पापी संसारमा पाइला राख्ने ठाँउ भएन,
म उडन खोँजे, भाचिदिए पङ्ख
शिर ठाडो बनाउन खोजेँ ,
झुकाइदिए,बाआमाका आज्ञाले
यो पापी संसारमा पाइला राख्ने ठाँउ भएन,