Written by: Deepti Neupane - 23019, Grade XII
Posted on: 05 August, 2022
मन त छैन हाँस्ने
यस्तो दुखी जीवन बाँच्ने
दुःखै दुःख मात्र छ यहाँ
जान मन छ मलाई सुख छ जहाँ ।
अघि बढ्न खोजेँ तर सफल भइन
आफूले चाहेको केही पनि मैले पाइनँ
जीवनमा सधैँ चोट पाएँ मैले
अरूको हेपाइ मात्र खाएँ मैले ।
न त परिवारको साथ
न आमाको न्यानो काख
सडकको पेटी बन्यो मेरो घर
थाहा नै छैन मलाई के हो मेरो थर ।