Logo

Student Corner

गाउँघर

Written by: Pradnesh Singh Basnet - 27015, Grade VIII

Posted on: 26 July, 2022

सहरभन्दा गाउँ नै रमाइलो
बिहानै उठ्दा, हरियाली झनै घमाइलो
गाईवस्तु बाख्रा पाठा
कति राम्रा, कति प्यारा
सारै माया लाग्दा |

रुखभरि आँप लिची
फले लटरम्म
बारीभरि मकै कोदो
फुल्न थाले झम्म ।

वर्षाको मौसम थियो
कहिले घाम कहिले पानी
बर्साती ओडी हिँड्दा 
दङ्ग पर्छिन् सानी नानी  ।

तीन वर्षमा आउने हाम्रो
कुल देउताको पूजा
त्यही पूजा हेर्न भनी
गाउँ आएको म त ।

गाउँमा मैले धेरै खालका
मानिसहरू देखेँ
आफन्त र साथीहरू
सबैलाई भेटे ।