Logo

Student Corner

पाटन दरबार क्षेत्र

Written by: Aarohan Timsina - 29057, Grade VI

Posted on: 26 July, 2022

 पाटन दरबार विश्व सम्पदा सुचीमा परेकाे नेपालकाे एक प्रसिद्ध सांस्कृतिक  सम्पदा  हो । यहा धेरै मन्दिरहरू छन् । यो क्षेत्र ललितपुरको बिचमा पर्दछ । यस क्षेत्रका मुख्य ठाउँहरू कृष्णमन्दिर, भीमसेन मन्दिर, विश्वनाथ मन्दिर, तलेजु भवानी मन्दिर हुन् । यो भाग ललितपुरको हिन्दु र बौद्ध धर्म मान्नेहरूको मुख्य क्षेत्र हो । यो ठाउँमा नेवार वास्तुकला पनि प्रयोग गरिएको छ । यो ठाउँमा पुराना मन्दिरहरू छन् । यस ठाउमा अनाैठाे वास्तुकलाको प्रयोग गरिएको छ । यो स्थान १६२७ सालमा बनाएको हो । त्यतिखेर काठमाडौँमा राजा सिद्धि नरसिंह मल्लको राज थियो । यो ठाउँ नेवारहरूले बनाएको हो । कृष्ण मन्दिर पाटन दरबारको सबैभन्दा पुरानो मन्दिर हो । यस मन्दिरमा २१ ओटा सुनका शिखरहरू छन् । भीमसेन मन्दिर, यस मन्दिरलाई श्री निवास मल्लले साल १६८० मा बनाएका हुन् । यो मन्दिर यसको  तीन अन्तरसम्बन्धित सुनौला झ्यालहरूको लागि प्रसिद्ध छ ।  विश्वनाथ मन्दिर, यो मन्दिर भगवान शिवको मन्दिर हो । यो मन्दिर वि. सं १६२७ मा बनेको हो । यो मन्दिर दुईओटा ढुङ्गाको हात्तीद्वारा संरक्षित छ । यो मन्दिरको अर्को भागमा एउटा गोरुको मूर्ति छ । तलेजु भवानी मन्दिर, यो मन्दिर साल १६६७ मा निर्माण भएको  हो । यो मन्दिर मल्लहरूभन्दा आगाडि प्रधानहरूले बनाएका थिए । पाटन दरबार क्षेत्रमा यति मात्र होइन अरू पनि धेरै महत्त्पूर्ण स्थलहरू छन् । यस क्षेत्रमा हजारौँ मान्छेहरू दर्शन गर्न आउँछन् । यो एउटा पुरानो संस्कृतिक स्थान हो  तर धेरै ओटा मन्दिर,गुम्बालगायत अन्य सांस्कृतिक ठाउँहरू भत्किदै छन् । यिनीहरू भत्किनुको कारण हामीले यिनीहरूको राम्रो ध्यान नराखेको कारणले हो । त्यसैले म सबैलाई हाम्रो संस्कृति जीवित राख्न हाम्रो सांस्कृतिक सम्पदा संरक्षण गर्न मद्दत गर्न अनुरोध गर्दछु