Logo

Student Corner

सामाजिक' समस्या

Written by: Ravi Raj Singh - 27010, Grade VIII

Posted on: 22 July, 2022

हाम्रो देशमा धेरै सामाजिक समस्याहरू छन्। ती सामाजिक समस्याहरूले गर्दा समाजमा धेरै विकृतिहरू फैलिँदै गएका छन् ।  धेरै समस्याहरूले गर्दा कयाैँ मानिसहरूले आत्महत्या पनि गरेका छन् । यो सामाजिक समस्या अहिलेसम्म पनि धेरै जसाे ठाउँहरूमा देखिएका छन् । जुन हाम्रो देशको लागि धेरै नराम्रो कुरा हाे ।

हाम्रो देशको राजधानीमा त अहिलेसम्म कुनै सामाजिक समस्या भटिएका छैनन् ।  तर हाम्रो राजधानीबाहेक पनि धेरै यस्ता ठाउँहरू छन् ।  ती ठाउँहरूमा धेरै सामाजिक समस्याहरू छन् ।  जस्तो कि गाउँहरू तराईतिरका ठाउँहरू। यस्ता ठाउँहरूको बारेमा हाम्रा नेताहरूले पनि केही सोच्नुपर्छ किन भने अहिले हामीले सामाजिक समस्याको बारेमा सोचिएन भने पछि गएर हामीलाई र हामीसँगै धेरै मानिसहरूलाई पनि कष्टहरू सहनु पर्ने छ।  यी  सामाजिक समस्याहरू धेरै पुरानो समयदेखि नै छन् अनि अहिलेको समयमा पनि यो हुनु एकदम नराम्रो कुरा हो। यो सामाजिक समस्यामा भएका समस्याहरू जस्तो दाइजोप्रथा  बाेक्सीप्रथा, छाउपडीप्रथा, आदि हुन् । यी समस्याहरूको समाधान मानिसले आफैँ निकाल्नुपर्छ।

वर्तमान समयमा हामीले यी सामाजिक समस्याको मात्र एउटा समाधान छ मानिसहरूले यसको विपक्षमा आवाज़ उठाउनुपर्छ।  नत्र सामाजिक समस्याको कुनै समाधान छैन। हरेक मानिस एकजुट हुन सकिएन भने सामाजिक समस्या घट्नुकाे साटाे झन् बढ्दै जान्छ । सामाजिक समस्या हुन नदिन कडा कानुन बनाएर यस्ता व्यक्तिका लागि विशेष दण्ड दिन सकेमा समस्याले विकराल रूप लिन पाउँदैनन् ।