Logo

Student Corner

जात्रा र म

Written by: Pratik Dangol - 27009, Grade VIII

Posted on: 20 July, 2022

सबैभन्दा पहिले जात्राका  बारे कुरामा गर्नुपर्दा, जात्रालाई हामी  नेवारी पर्व वा रथ यात्रा वा  कार्निभल भनेर बुझ्छौँ । काठमाडौंँ  उपत्यकामा धेरै जात्राहरू मनाइन्छन् । जस्तै बुंगा द्यः जात्रा, पाहाचरे जात्रा, गाई जात्रा, इन्द्र जात्रा, आदि काठमाडौँ उपत्यकामा मनाइन्छ्न । म धेरै जसो सहभागी हुने जात्रा भनेको मछती जात्रा, गाई जात्रा, रोपाइ जात्रा, खड्के जात्रा, पाहाचरे जात्रा, आदि हुन् ।

नेवार भएर जात्रामा त सहभागी हुनु नै पर्‍याे । आफ्नो संस्कृति र परम्परालाई अघि त बढाउनु परिहाल्यो। जात्राको बेला नै हो जब म आफ्नो सबै काम भुलेर जात्रामा मग्न हुन्छु। जात्राको बेला म साथीहरूसँग रमाइलो गर्न नै व्यस्त हुन्छु ।   यहाँ हामी ३ दिन पाचरे जात्रा मनाउछौँ ।  जहाँ म दिन रात धेरै जसो घर बाहिर रथ सँगै हुन्छ । यो मेरो जात्रा प्रति उत्साह र रमाइलो गरेकोले गर्दा हो । पाचरे जात्रामा मात्र होइन अन्य धेरै जात्रा जस्तै गाईजात्रा, रोपाइ जात्रा, नवदुर्गा जात्रा, त्रीशुलजात्रा, आदिमा नि धेरै रमाउँछु ।  धेरै जसो जात्रा सँगै हुन्छु ।  म रमाइलो गर्नुको कारण दिन दिनैका समस्याहरू भुल्नु पनि हो । यसले मलाई उर्जाशील बनाउन मदत गर्छ। जात्राहरूमा म सय प्रतिशत उपस्थित हुन्छु ।  जहाँ म आफ्ना ठुला बडालाई मदत गर्छु र नयाँ नयाँ कुरा सिक्छु  । किनभने भविष्यमा हामीले नै हाम्रा परम्पराहरू अगाडि बढाउनुपर्छ किनभने यो हाम्रो जातको गौरवको कुरो हो । म र मेरो जात्राप्रतिको सहभागिको उदाहरण मेरो आफ्नै आमा बुबा र अरू आफन्तहरू हुन । उहाँहरूले भन्नुहुन्छ कि म सानो हुँदा नि रात भरि जागेर भए पनि जात्रा हेर्थेँ रे। धिमे बाजा सुन्यो कि बाहिर निस्किन्थे रे। म सानो हुँदा त्यस्तो थेिए भने अहिले कस्तो हुँला। मेरो जात्रा प्रतिको पागल पनले गर्दा एक पटक  मैले धेरै नराम्रो परीक्षा पनि दिएको थिएँ।

यसले  म कति र कसरी जात्राप्रति पागल छु भनेर बताउँछ। जात्राले मलाई मेरा सबै समस्या र  पीडाहरू भुल्न मदत गर्छ । त्यही भएर  म नेवा समुदायबाट भएर सबै जात्राहरूमा उपस्थित हुन्छु ।