Logo

Student Corner

भक्तपुर दरबार स्क्वायर

Written by: Manasbhi Niraula - 29015, Grade VI

Posted on: 18 July, 2022

भक्तपुर दरबार  स्क्वायर विश्वसम्पदा सुचीमा रहेको नेपालका ऐतिहासीक स्थानहरू मध्येको एक हो । यो भक्तपुर जिल्लामा अवस्थित छ । यो १४ औ र १४ औ सताप्दिका मल्लराजाहरूको पालामा वनेको हो । नेपाल घुम्न आउने पर्यटक र आन्तरिक पर्यटकको लागी समेत यो क्षेत्र खुला सङ्ग्रहालय हो । राजा यक्ष मल्लको पालामा १४२७ ई.सं.मा दरबार स्वयर बनेको बिश्वास पाईन्छ । भक्तपुर दरबार स्वायरमा रहेका महत्वपूर्ण स्थानहरू मध्ये बसन्तपुर चोक जहा पहिले भोज र राजाहरूको पार्टी चल्दथ्यो तर अहिले त्यहा दुईवटा सिंहको मुर्ति र भगवति उग्रचन्डीको Statue रहेको छ । त्यस्तै चारधामको रुपमा प्रख्यात वद्रिनाथ, जगन्नाथ, केदारनाथ र रामेश्वरको मन्दिर पनि यहा रहेको छ जसको कारण चारधाम जाननसक्ने धार्मीक व्यक्तिहरूको लागी यो ठाउ उपयुक्त ठाउ हो । त्यस्तै यहा रहेको राष्ट्रिय कला सङ्ग्रहालय जहा मल्लकालिन र लिच्छविकालीन समयको अवस्थाको पेन्टिङ्ग र चित्रबाट अध्ययन गर्न सकिन्छ । त्यस्तै सुनको ढोका जुन रन्जित मल्लको पालामा बनेको थियो त्यो पनि हेर्न सकिन्छ । भक्तपुर दरबार स्वायरको सवै भन्दा प्रख्यात भनेको ५५ झ्याले दरबार हो । यो दरबार राजा भुपतिन्द्र मल्लको पालामा बनेको हो । यहा राजा भुपतिन्द्र मल्लको सालिक समेत रहेको छ । प्यागोडा शैलीमा बनेको वास्तला दुर्गा मन्दिर पनि यहा रहेको धार्मीक स्थान मध्येको एक हो । यसरी एउटै परिसर भित्र बिभिन्न देवी देवताको दर्शन गर्न पाउने देखी लिएर ऐतीहासीक कला, सस्कृतिको अनुभूत गर्न पाउने भक्तपुर दरबारस्क्वायर एकपटक सबैले घुम्नै पर्ने ठाउँ हो ।