Logo

Student Corner

सर्वश्रेष्ठ प्राणी मानिस

Written by: Amu Shakya - 27021, Grade VIII

Posted on: 14 July, 2022

संसारमा धेरै प्राणीहरू छन् । जसमध्ये मानिस पनि एक हो । हरेक प्राणीहरूले आफूलाई मनलाग्दो केही गर्न सक्दैन तर मानिस एक यस्तो प्राणी हो, जसले आफूलाई जस्तो कार्य गर्न मन लाग्छ ।  त्यो कार्य जुन दिशाबाट पनि सम्पन्न गर्न खोज्छ । त्यसैले नै होला मानवजातिलाई सर्वश्रेष्ठ प्राणी भनिएको । रुनु, हास्नु, कराउनु, खुसी हुनु, दुखी हुनु आदि मानिसका साझा प्रवृति हुन् । साथै मानिसका जीवनमा दुईवटा कार्यहरू हुन्छन् । एउटा सकारात्मक कार्य र अर्को नकारात्मक कार्य ।
मानिसले आफू जन्मेपछि जीवनमा सकारात्मक कार्य मात्र गर्दैनन्, नकारात्मक कार्यहरू पनि गर्दछन् । जीवनमा दुवै कार्य मिश्रित हुने गर्दछन् । मानिसहरूबाट भएका सकारात्मक कार्यहरूको बयान गर्ने हो भने आजका सबै वैज्ञानिक प्रविधि मानिसबाट नै बनाइएका सकारात्मक कार्यको रुपमा लिन सकिन्छ । मोबाइल, सुसा?ड्ख्य, टेलिभिजन लगायतका अन्य प्रविधिहरू मानिसबाट निर्माण गरिएका उल्लेखनीय उदाहरण हुन् । यी वैज्ञानिक प्रविधिहरूको प्रयोगबाट आज मानिसको जीवन धेरै सजिलो भएको छ । ढुङ्गेयुगमा कुनै प्रविधिको आविष्कार भएको थिएन । मानिसको जीवन निकै कठिनपूर्वक थियो  तर आजसम्म आइपुग्दा त्यस्तो कुनै गारो जीवन मानिसहरूले बिताइरहेका छैनन् । अहिलेको जमाना भनेको प्रविधिको जमाना हो । 
मानिसहरूको नकारात्मक कुराहरू पनि थुप्रै छन् । आज मानिसद्वारा नै बनाइएको प्रविधिले मानिसलाई नै घाटा भएको छ । आजको युगमा ३ वर्ष देखिका बच्चाहरू, ७५ वर्षका वृद्धबवृद्धाहरू प्रविधिको एक उदाहरण “मोबाइल” मा नै झुण्डिएर बस्छन् । प्रविधिलाई सदुपयोग गरेर ज्ञान हासिल गर्ने, केही नयाँ कुराहरू सिक्ने व्यक्तिहरू कम मात्रै पाइन्छन्  भने त्यसको दुरुपयोग गर्ने व्यक्तिहरू धेरै मात्रामा पाइन्छन् । 
साथै आज मानिस सर्वश्रेष्ठ प्राणी हो भन्दै अरू प्राणीहरूलाई काटमार, कुटपिट गर्छन् । यस्तो प्राणी कदापि सर्वश्रेष्ठ हुन सक्दैन । त्यसैले मानिस सर्वश्रेष्ठ प्राणी हुनलाई उनमा सकारात्मक गुण मात्र हुन जरुरी छ ।