Written by: Erish Thapa - 29011, Grade VI
Posted on: 12 July, 2022
सतिप्रथाको एक पुरातन प्रथा हाे । हो। यसप्रथामा श्रीमानको मृत्यु भएमा श्रीमतीलाई पनि जलाउने गरिन्छ । त्यसैले यसलाई सतिप्रथा भनिन्छ । यो प्रथा नेपालमा ४६४ आयो । यो प्रथालाई आत्महत्या भनियो । यस प्रथामा पति नर्कमा जान्छ तर पत्नीले पतिलाई स्वर्गमा पुर्याउँछ भन्ने मान्यता थियो । पहिले यो प्रथामा बहादुरी देखाइएको थियो र श्रीमतीले चाहेर नचाहेर गरिन् त्यो पनि ठिकै थियो । यो प्रथा महाभारत पालासम्म चलिरहेको थियो । यो प्रथा पहिलो ३२० देखि ५५० मा सुरु भएको थियो यसलाई सतिको इतिहासमा पुन: सुरु गरिएको थियो। यो प्रथा नेपालमा लिच्छवी कालबाट आएको हो । तर त्यो बेला यो प्रथा अनिवार्य थिएन । मध्यकालसम्म आइपुग्दा यो प्रथा नेपालको राजपरिवारमा अनिवार्य हुँदै गयो । सती नजाने पत्नीलाई वहिष्कार गरिन्थ्यो तर जानेलाई सुगन्ध मान्न थालिएको थियो । त्यसपछि मल्लकालमा यसले ठुलो रूप लिन थाल्यो । त्यसपछि राजा पृथ्वीनारायण शाहले पहिलो चोटी यसको विरोध गरे । धेरै नारीहरू जिउँदै आगाेमा जिउँदै जल्नुपर्ने यस्ताे विकराल परिस्थितिहरूलाई चन्द्र शमशेर हेरिरहन सकेनन् र उनले यस प्रथाको अन्त्य गरे । यसरी यो प्रथा नेपालमा सकियो ।तर जे भने पनि यो प्रथा नराम्रो प्रथा हो । हामीले यस्तो प्रथाकाे विराेध गर्नुपर्छ ।