Written by: Sarjan Waiba Tamang - 24032, Grade XI
Posted on: 11 July, 2022
घामकाे किरणसँगै हाँस्न मन छ ,
बताससँगै उडी जाने चाहान छ ।
शीतल हावाको मिठाससँगै रमाउने मन छ,
इन्द्रेणीको किरण हेरी मुस्कुराउने मन छ ।
कतै अड्केको आभास हुन्छ
अन्धकारकाे न्यानो स्पर्शमा बिलाउँछु
हजारौँ बिताएँ चिसा साँझहरू
झुटो हाँसो सारालाई देखाएँ
फिक्का भएको छ त्याे खुसी
हराएको छु म हजारौँको भिडमा
गुमाइसकेँ ती शीतल पललाई
केवल यादमा मात्र सीमित भए ती पल
थाकिसके मेरा पाइलाहरू
गन्तव्य नै छैन ती यात्राको
भुलभुलैया रैछ जीवन
जति अगि त्यती नै कठिन
भागिराछु यो वास्तविकताबाट
कल्पनामै रमाउन सिकेछु,
डरलाग्छ ती सोचहरूसँग
जसले घाेची भित्रैबाट मलाइ मार्छ ।
गड्गडाएका आकाशसँग बोल्छु,
झरिसँगै आफ्नो दुःख पोख्छु,
आकासिएका हावासगै हिँड्छु,
त्रास र हतासमा अन्धकार मात्र फेला पार्छु ।