Logo

Student Corner

क्रिसमसको दिन

Written by: Bisu Maharjan - 28003, Grade VII

Posted on: 11 July, 2022

म बिहान छिटो उठेँ । म धेरै उत्सुक थिए किनभने त्यो दिन क्रिसमसको दिन थियो । हामीले क्रिसमस नमनाए पनि त्यो दिन घुम्न जाने योजना बनाएका थियौं  तर त्यो दिन हाम्रा आफन्त आएका थिए । पहिला मेरी दिदी आउनुभयो हामी सबैले सँगै चिया नास्ता खायौँ । मेरा साना भाइहरू पनि सँगै आएका थिए ।
दिनभरि हामीले मिठामिठा परिकार खायाैँ, खेल्याैँ र रमायाैँ । साँझमा सबैजना घर गएपछि भने हामी घुम्न जाने तरखर गर्न थाल्यौँ । सबैजना तयार भएर हामी सिटी सेन्टरतिर लाग्यौँ । त्यहाँ क्रिसमसको दिन भएकोले धेरै नै भिडभाड थियो । सबै जना फोटो खिच्न व्यस्त थिए । त्यहाँ धेरै भीँड भएकोले हामी भने रामाइलो गर्न पएनौँ । क्रिसमसको रुखमा बसेर राम्रो फोटो भने खिच्न पायौँ । त्यहाँबाट हामी भाटभटेनीतिर लाग्यौँ । गाडी नभएकोले बिस्तारै हिड्न लाग्यौंँ । बाटो लामो भएकोले बाटो छेउमा रहेका पसलहरू गाडीका सोरुमहरू हेर्दै कुरा गर्दै गयौँ ।
लामाे समयको हिडाइपछि भने बल्ल भाटभटेनी आइपुग्याैँ । त्यहाँ भने निकै रमाइलो थियो । एकदम ठुलो क्रिसमसको रुख त्यसमा धेरै सजाइएको थियो ।त्यहाँ हामीले फोटो खिच्यौँ । भाटभटेनीभित्र गएर खानेकुराहरू किनेर छेउको बेन्चमा बसेर रमाइलो हेदै खायौँ । मलार्इृ निकै रमाइलो लागिरहेको थियो तर अध्याँरो भइसकेको र बहिनी सुत्न लागेकोले घर फर्कन गाडी कुर्‍यौँ । गाडी नपाएपछि भने ट्याक्सीमा घर फक्यौँ ।
त्यस दिन धेरै हिड्न परेर गाह्रो भए पनि धेरै ठाउँ र कुराहरू देखेर निकै रमाइलो अनुभव गरेँ सायद लामो नहिडेको भए मेलै यति धेरै चिजहरूको याद पनि गर्दिनथेँ हाेला ।