Logo

Student Corner

राणाशासन

Written by: Aakanchhya Khadka - 27001, Grade VIII

Posted on: 08 July, 2022

नेपाल दक्षिण एसियामा रहेको प्राकृतिक सुन्दरता, विभिन्न जाति,धर्म , संस्कृतिले भरिएको एक स्वतन्त्र देश हो । हाम्रो देश नेपाल पहिले पनि कुनै पनि राज्यको अधिनमा  आएको छैन । हाम्रो देश कहिल्यै पनि कुनै पनि राज्यको उपनिवेशमा नआए पनि १८४६ देखि १९५१ सम्म राणाशासनले  थिचेकाे  थियो  । १८४६ देखि १९५१ सम्म राजनीति गतिविधि  र सरकार आफ्नो नेतृत्व लिई नेपालमा शासन गरेका थिए ।

राणा शासनको सुरुवात जङ्गबहादुर राणाबाट  भयो । उनको जन्म जुन १८ मा  भयो  भनिने गरिन्छ ।  उनले राजा राजेन्द्रको पालामा एउटा जङ्गली हात्तीलाई वशमा ल्याउन सकेका थिए । यस क्रियाकलापबाट उनले राजाको मनलाइ लोभ्याउन सफल भए । त्यसपछि उनी शाही दरबारमा प्रवेश गर्न सफल भए । राजा राजेन्द्रको छोरा सुरेन्द्रको पालामा भने उनले मन्त्रीको गद्दी हासिल गरे । अनि आफू र आफूपछि  आउने आफ्ना  सन्तानका लागि सधैँभरिको लागि मन्त्रीको पद छिन्न सफल भए । उनले राज्य चलाउने सरकारका ठुला ठुला पदहरू आफ्ना नातेदारहरूलाई दिए राज्यको सबै बल आफ्नो नियन्त्रणमा राखेका थिए । उनलाई लमजुङ कास्की प्राप्त भएका कारण उनलाई श्री ३ भनेर चिनिने पनि चिनिने गरिन्छ।  पछि भने राणा परिवारका शमशेर अन्य नातेदारहरूले जङ्गबहादुरका बालबच्चाहरूलाई मारी मन्त्री र सैनिक  शक्ति आफ्नो नियन्त्रणमा लिए ।

राणाहरूले धेरै नराम्रा कामहरू  गरेपनि विभिन्न कालखण्डमा राणाहरूले धेरै राम्रा कामहरू पनि गरेका  छन् । देवशमसेर, जङ्गबहादुर, चन्द्र शमशेर आदिका पालामा राणा कालमा धेरै परिवर्तनहरू आएका थिए । मोहन शमशेर राणा राणा शासनका अन्तिम शासक थिए । उनले धेरै नराम्रा क्रियाकलापहरू गरेका कारण देशबाट निकालिएका थिए ।  त्यसपछि जनताहरूले राणा शासनकाे विराेध गर्न थाले । लगातार आन्दाेलन हुन थाल्याे । यस आन्दोलनमा शुक्रराज शास्त्री, दशरथचन्द जस्ता धेरै व्यक्तित्वहरूले आफ्नो ज्यान दिएका थिए अनि मात्र देशमा राणा ढलेर प्रजातन्त्र आएकाे थियाे ।  हाम्रो देशमा स्वतन्त्रका लागि ज्यान दिने व्यक्तित्वहरूलाई  हामीले आफ्नो मनदेखि श्रद्धाञ्जली दिनुपर्छ ।