Logo

Student Corner

संस्कृति र सांस्कृतिक महत्त्व

Written by: Biplov Shrestha - 29009, Grade VI

Posted on: 08 July, 2022

संस्कृति भनेको पहिलेदेखि चलिआएको चलन हो। संस्कृति हाम्रो पुस्ता देखिन नै चलिआएकाे छ । विचार, चालचलन र एक विशेष व्यक्ति वा समाजको सामाजिक व्यवहार नै संस्कृति हो । हरेक समाजका हरेक व्यक्तिको आफ्नो आफ्नो सामाजिक जीवन रहेको हुन्छ । उनीहरूको त्यही आचारविचार, चालचलन, धर्म, भाषा, मूल्यमान्यताका आफ्नै किसिमका विशेषता हुन्छन्  र त्यसैलाई नै संस्कृतिको नामले हामी बुझ्न सक्छाैँ । नेपाल एउटा बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो र नेपाली संस्कृति पनि त्यही आधारमा विभाजित छ । नेपालमा बसेका धेरै मानिसहरूको आफ्नै आफ्नै धर्म र परम्पराहरू रहेका छन् तर त्यही विविधताका माझमा सबै नेपाली एक अर्काका साथ मिलेर बसेका छन् र नेपालीहरूको त्यही एकता नै नेपाली संस्कृतिको विशेषता हो ।