Written by: Aarnov Adhikari - 23003, Grade XII
Posted on: 06 July, 2022
नेपाली भाषा थियो छरपस्ट
सँगाली तिमीले बनायौ सशक्त
साहित्य आकाशमा सदा चम्कियौ
बनी आदिकवि भानुभक्त ।
सम्पन्न तिमी उपकारी थियौ,
पायौ घाँसीबाट अर्ती
नेपाललाई कान्तिपुरी बनायौ
कविता नै लेखिदियौ सरसर्ती ।
धनञ्जय र धर्मवतीको छाेरा भई जन्मियौ तिमी
रामायणको गर्यौ अनुवाद, सबै नेपालीको मन चिनी
तिमीले लेख्यौ एक रातमा वधूशिक्षा
बाजे श्रीकृष्णबाट लिई दीक्षा ।
भोलि भन्ने शब्दलाई मान्दैनथ्यौ तिमी
कलम र अधिकारका लागि बरु जेल गयौ तिमी
साहित्य र अधिकारका तिमी संवाहक
रहेसम्म धर्ती छाइरहने छौ सबैका मनमा निर्धक्क ।