Logo

Student Corner

प्रदूषित काठमाडौँ

Written by: Ravi Raj Singh - 27010, Grade VIII

Posted on: 04 July, 2022

बिहान उठेर बाहिर निस्कँदा हावामा एउटै कुराको गन्ध आउँछ त्यो हो प्रदूषण । हामीलाई थाहा छ काठमाडौँ महानगरीय सहर हो । हामी घरबाहिर निस्कँदा ताजा हावा सास फेर्न पाउँदैनौँ किनभने हावामा यति धेरै मिसावटहरू छन् जुन हामी सास फेर्छौं सफा र ताजा हावाकाे सट्टा दुर्गन्धित र फाेहाेर हावा लिइरहेका छाैँ । हामी मानव मात्र हौं जसले हाम्रो वातावरणलाई  प्रदूषित र दुर्गन्धित बनाइरहेका छाैँ। जसका कारण हामी नै राेगकाे सिकार हुनुपेकाे छ ।

मानिसले आफू बसकाे पृथ्वीलाई आफैँ प्रदूषित बनाएकाे छ । हाम्राे सहर फाेहाेर हुनु भनेकाे हामी आफैँ राेगी हुनु हाे । आफ्नै आयु घट्नु हाे । जसकाे कारक हामी नै हाैँ । स्वर्गसमान पृथ्वीलाई मानिस आफैँले नर्क बनाएकाे छ । 

हामी नेपाली हाैँ । हाम्राे राजधानी वा ठुलाे सहर काठमाडाैँ हाे । त्यसकारण यो राजधानी सहर हो ।  त्यसैले त्यहाँ सबै सुविधाहरू छन् जुन मानवलाई आफ्नो बाँच्नको लागि चाहिन्छ, त्यसैले काठमाडौं सहरमा आउन सक्ने क्षमता भएका सबै प्रदेशका ३०% नागरिक यहाँ आएर बस्न थालेका छन्। राम्रो जागिर भएका वा ठूला व्यवसायी भएकाले आफ्नो लागि घर किन्ने गर्छन् । आफ्नै राज्यबाट आएर परिवार र काठमाडौं सहरमा स्थायी बसोबास गर्ने र मध्यम वर्ग मन पर्ने परिवार जसको जागिर पनि छ तर त्यहाँबाट धेरै कमाउन नसकेर पनि काठमाडौ आएर यहाँ महिनाको १०/१२ हजार तलब घर भाडामा बस्छन र यतै बसोबास गर्छन ।

काठमाडौं उपत्यकामा सबै सुविधा उपलब्ध छन् । सबै सुविधा भएपनि राम्राे स्वस्थ वातावरणकाे भने यहाँ असुविधा रहेकाे छ । काठमाडाैँमा जस्तै सुविधा भएकाे भए मानिसहरू आफ्नाे गाउँ ठाउँ छाेडेर यहाँ आउनुपर्ने थिएन ।   तर हाम्रो सरकारले अन्य राज्यलाई स्तरोन्नति गरेन, अन्य राज्यलाई थप सुविधा दिएन ताकि त्यहाँका नागरिक आफ्नो राज्यमा बस्न सकून् । त्यसैले सतहत्तर जिल्लाका मानिसले आफ्नाे बस्ने ठाउँकाे रूपमा यही एउटा सहरलाई राेज्न पुगे । धेरै मानिस भएकै कारण सवारी साधन धेरै भए । घरघरबाट निस्केकाे फाेहाेर धेरै हुन पुग्याे । फाेहाेर व्यवस्थापन, धुलाे धुवाँकाे व्यवस्थापन राम्ररी हुन नसक्दा काठमाडाैँ विश्वका सहरमध्ये प्रदूषित सहरकाे रूपमा चिनिएकाे छ । तसर्थ यहाँ फाेहाेर व्यवस्थापनकाे लागि सबैजना सचेत र जागरुक हुनु आवश्यक रहेकाे छ ।