Logo

Student Corner

खेलकुद

Written by: Pradnesh Singh Basnet - 27015, Grade VIII

Posted on: 30 June, 2022

खेल र कुद दुई शब्दकाे मेलबाट खेलकुद शब्द बन्दछ । यसमा खेल्ने र केद्ने काम हुन्छ भन्ने कुरा शब्दले नै प्रस्ट पार्दछ । हाम्राे शरीर बलियाे र तन्दुरुस्त बनाउनकाे लागि खेल्नु निकै आवश्यक रहेकाे छ । खेल मन नपराउने मानिस कमै हुन्छन् । हामी सबै खेल खेल्न मन पराउछौँ । खेलहरू धेरै हुन्छन् । जस्तै, बास्केटबल, फुटबल, पौडी खेल्ने, आदि । खेलकुद भनेको हामीले गर्ने गतिविधि हो जसमा एक व्यक्ति वा टोलीले विजेता व्यक्ति वा टोली बन्नको लागि एक अर्कासँग प्रतिस्पर्धा गर्ने शारीरिक गतिविधि  हुन्छ

खेलकुद भनेको हामीले एक अर्कासँग प्रतिस्पर्धा गर्नु र विजेता हुनु मात्र होइन,  खेलकुद हाम्रा साथीहरू र परिवारसँग रमाइलोको लाग पनि खेल्छौँ र आफ्नो शरीरलाई स्वस्थ राख्नको लागि पनि खेलहरू खेल्ने गछौँ । देश विदेशमा धेरै थरीका खेलकुद खेलिन्छन् । बास्केटबल, फुटबल, क्रिकेट जस्ता खेल खेल्छन् । मेरो सबैभन्दा मन पर्ने खेल भनेको बास्केटबल, बक्सिङ र पौडी हो। मलाई बास्केटबल मन पर्छ । हामीले बास्केटबल खेल्यौ भने, हाम्रो उचाइ बढाउँछ, तर जसरी विदेशमा बास्केटबल खेलाडी हुने दायरा छ नेपालमा धेरै जसाे खेलकुदका लागि दायरा  छैन । मलाइ बक्सिङ पनि मनपर्छ किनभने बक्सिङले हाम्रो तागत र सहने शक्ति बढाँउछ । मलाई पौडी खेल्न मन लाग्छ किनभने हामीले पौडी खेल्यौ भने हाम्रो पूरै जिउको व्यायाम हुन्छ र हाम्रो वजन पनि घट्छ ।

मलाई मात्र होडन, हामी सबैलाई कुनै एउटा खेलकुद मन पर्छ ।  स्वस्थ र बलियाे शरीरका लागि र मनाेरञ्जनका लागि हामी खेल खेल्नुपर्छ ।