Logo

Student Corner

भ्रष्टाचारले भरिएको मेरो देश नेपाल

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 29 June, 2022

मैले जन्म लिएको मेरो देश नेपाल

आकारमा सानाे तर  सुन्दरतामा विशाल 

मेरो देशमा छ सगरमाथा विश्वकै सर्वाेच्च हिमाल ।

गौतम बुद्ध जन्मिएको मेरो देश नेपाल  ।


सुन्दरताले भरिएको छ मेरो देश 

खोला,नाला र मठमन्दिरले भरिएको छ मेरो देश ।

तर, सुन्दर प्रकति कुरुप भइसक्याे  

यो वीरको देशमा भ्रष्टाचार छाइसक्याे ।


विकास, विकास भन्ने भाषण  मात्र हो 

सहयोगको नाममा एक अर्कासँग शासन मात्र हो ।

हाम्रा नेता एउटा कुर्सीको लागि लड्छन् 

यहाँका जनता पनि सबै सहेरै बस्छन ।


पानीको समस्या हुँदैन भन्छन् 

पाँच वर्षमा मेलम्ची ल्याउँछु 

बाटोमा माग्ने हुँदैनन् 

भन्छन् गरिबी हटाउँछु ।

मास्क नलाई हिँड्ने

 नेपालको वातावरण बनाउछु 

अन्तिममा यिनै गफले म पैसा कमाउँछु  ।