Logo

Student Corner

नयाँ विद्यालयकाे अनुभव

Written by: Srishad Shiwakoti - 27026, Grade VIII

Posted on: 28 June, 2022

म भक्तपुरको विद्यालयमा कक्षा  ७ मा पढ्दै थिए ।  दैनिक विद्यालय जाने आउने क्रम चलिरहेकाे थियाे  तर पढाइ भने अलि खस्किरहेको अनुभव भएकाे थियो।  त्यसैले मेरी आमाले विद्यालय फेर्ने कुरा गर्नुभयो।  त्यो कुरा आमाले ५ कक्षादेखि नै भन्दै आउनुभएको थियो तर पूरा भएको थिएन किनकि त्यही बेला  कारोनाको महामारी फैलियो ।  यसपालि  चाहिँ विद्यालय फेर्ने कुरा निश्चित भयो।  हामीले काठमाडाैँको एउटा राम्रो विद्यालय डियरवाक सिफल स्कुलमा भर्ना गर्ने तय गर्‍याैँ ।  त्यहाँ पहिले मैले एउटा जांँच दिनुपर्ने रहेछ।  प्रश्नहरू सजिलै थिए तर मलाई किन हो मनमा  उत्तीर्ण नहुँला कि भन्ने डर बसेको थियो ।  प्रवेश परीक्षा उत्तीर्ण भएँ र विद्यालयमा भर्ना पनि भएँ ।

 विद्यालयले दिएकाे समय तालिकाअनुसार वैशाख  १४ गते  मेरो नयाँ विद्यालय खुल्ने पहिलो दिन थियाे ।  मेरो मनमा कौतुहलता , उत्सुकता डर  र हर्ष सबै मिश्रित रुपमा आइरहेका  थिए  । केही दिनकाे प्रतीक्षाकाे घडीपश्चात मेराे विद्यालय जाने दिन आइपुग्याे ।   त्यस दिन म छिटै उठे।  विद्यालयको पोसाक नभएकाले मैले आफ्नो सबैभन्दा राम्रो लुगा लगाएर गाडी कुर्न बसेँ।  गाडी आएपछि म आधा घण्टामा विद्यालय पुगे।  मेरो मनको ढुकढुकी  एकदमै बढिरहेको थियो ।  विद्यालय पुगेपछि  एक जना शिक्षकले मलाई मेरो कक्षाकोठासम्म पुर्‍याइनुभयो ।  त्यहाँ सबैले मलाई स्वागत गरे ।  म डरले  कापेर एउटै ठाउँमा बसिरहे ।  सुरुमा मेरो कक्षाशिक्षक आएर आफ्नो परिचय दिनुभयो र हाम्रो परिचय लिनुभयो ।  त्यसपछि सरासर अरू कक्षाहरू भए ।  सबै कक्षामा परिचय लियौँ र दियौँ।  एक दुइ दिन पछि मलाई  यो विद्यालय सोचेभन्दा धेरै राम्रो लाग्यो।  सबै साथीहरू र शिक्षकहरू मिलनसार  हुनुहुँदाेरहेछ ।  एकाेहाेराे पढाइभन्दा पनि दैनिक जीवनका लागि आवश्यक असल संस्कारलाई मुख्य शिक्षाकाे रूपमा सिकाइँदाे रहेछ ।  यहाँ हामीले बानीबेहोराको धेरै ख्याल गर्नुपर्ने रहेछ।  यहाँ झुठो बोल्न नपाइने,अरूलाई होच्याउन नपाइने, सबैलाई आदर गर्नु पर्ने, सफाइमा ध्यान दिनु पर्ने, फूलहरू टिप्न नपाइने रहेछ।  

यो विद्यालयको पहिले नाम नसुने पनि नेपालको धेरै राम्रो स्कुल रहेछ ।  यो विद्यालयमा अगाडि आएर बोल्ने कार्यक्रम धेरै भएको हुनाले हाम्रो बोल्ने  कलाको विकास हुने रहेछ।  यहाँ हरेक महिना अतिरिक्त किताब पढ्नु पर्ने भएकाले हाम्रो पढ्ने सिपको पनि राम्रो विकास हुने रहेछ।  यहाँ हाजिरीजवाफ प्रतियोगिता, समाजमा घटेका घटनाहरूको प्रस्तुतीकरण, विद्यार्थीहरूले लेखेको लेखलाई सामाजिक सञ्जालमा पोस्ट, परियोजना कार्यजस्ता थुप्रै क्रियाकलाप गराइँदो रहेछ।  यी सबै कार्यक्रमहरूले  हामी विद्यार्थीहरूकाे शैक्षिक तथा व्यक्तिगत विकास हुन्छ ।  त्यसैले यो विद्यालय धेरै राम्रो रहेछ । मैले यहाँ पढ्ने निर्णय गरेर अति उत्तम काम गरेछु । विद्यालय धेरै रमाइलाे पनि भएकाे कारणले नयाँ विद्यालयमा मेराे समय बितेकाे पत्तै हुँदैन ।