Logo

Student Corner

पानी

Written by: Barun Kadariya - 29053, Grade VI

Posted on: 28 June, 2022

पिउनका लागि म हुँ पानी

सबैलाई थाहा छ मेराे बानी

कहिले हुन्छु ताताे कहिले त चिसाे

म नि हु पृथ्वीकै एक कहानी ।


म झर्छु हिमालदेखि पहाडतिर

नफर्कने गरी हिँड्छु अविरल

घुन्छु अनि घेर्छु चारैतिर

मेराे अभावमा सबैलाई पिर ।


कहिले बरफ कहिले बाफ 

कहिले बन्छु  पानी

धर्तीकी सुन्दरी म

धर्तीकै रानी

 

सबैकाे म जीवन 

सबैकाे  म धन ।

महत्त्व बुझेर मलाई 

माया गर जन ।