Written by: Aarohan Timsina - 29057, Grade VI
Posted on: 22 June, 2022
ए नदी तिम्रो छैन कुनै रङ्
तिम्रो छैन कुनै आकार
तिमी आफ्नै गतिमा चल्छौ
कोही पनि रोक्न सक्दैन तिमीलाई
पहाड होस वा चट्टान ।
तिमी आफ्नै गतिमा चल्छौ
कोही रोक्दैन तिमीलाई
तिमी जान्छौ सहर,
जङ्गल आदिलाई काट्दै
तिमी नरोकिकन जान्छौ
आफ्नो अवरोध लगाई पार ।
हिमालबाट आएका तिमी
जान्छौ तराईसम्म
बाटोमा भेट्दै जान्छाै
आफ्ना साथी भाइलाई
उनीहरुसँग मिलेर
बन्दै जान्छौ तिमी ठुल्दाइ ।
तिमीलाई रिस उठ्यो
भने ल्याउछौ तिमी बाढी
तर खुसी भयौ भने
सारा हरियाली
हामीलाई मदत गर्छाै
कतै तिमी सुन छाै
कतै तिमी नुन
कहिल्यै बिसन्न साथी
मैले तिम्राे गुन