Logo

Student Corner

देशको विकास

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 17 June, 2022

जान्छौ हामी घुम्न अर्को देशमा                               

अर्को लुगा लगाई अर्को भेषमा                               

राम्राे र अवसरयुक्त काम खोज्नको लागि  

सुविधायुक्त ठाउँ खाेज्नकाे लागि ।                               

 

ठुला र सफा सहरमा काम पाउनका लागि 

हाम्राे देशमा फोहोर मात्रै फाली 

बनाउनुपर्छ हाम्रो देश गर्विलाे 

 देश बचाउनको लागि हामी बन्नुपर्छ फुर्तिलो ।


विद्यालय र पाठशालाहरू अझै धेरै थपी

सबै बालबालिकाहरूको हातमा हुनुपर्छ किताब र कापी 

जानुपर्दैन काम पाउनको लागि विदेशमा 

मिलेर बसौ र मिलेर काम गराैँ हाम्रै देशमा  ।


राम्रा नेताहरू छानौँ र बनाऊ देश जगरिलो र राम्रो 

 नचुनौँ प्रमुखहरू जुन छन् चोरजस्ता र नराम्रो 

आऊ सबै मिलेर देशको विकास गरौँ 

 विकास  गरेर हाम्रै देशमा काम गरौँ  ।


कामहरू हाम्रै देशमा गरौँ 

आफ्नाे देशकाे विकास गराैँ 

सिर्जनाले देशलाई भराैँ

ममताले देशलाई भराैँ ।