Logo

Student Corner

शिव

Written by: Eshita Lal - 28015, Grade VII

Posted on: 15 June, 2022

“शिव” हिन्दु धर्मका एक महत्त्वपूर्ण देवता हुन् । शिव ब्रह्मा र विष्णुसँग हिन्दु धर्मको पवित्र त्रिमुर्तिको सदस्य मानिन्छन्। उनी समयसँग सम्बन्धित छन्। उनी विशेष गरी विनाशकर्ता र सृष्टिकर्ता हुन् ।

हिन्दु धर्ममा ब्रह्माण्ड चक्रमा(प्रत्येक २,१६०,०००,००० वर्ष) पुनः उत्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ । शिवले प्रत्येक चक्रको अन्त्यमा ब्रह्माण्डलाई विनाश गर्नुहुन्छ । शिव एक महान् तपस्वी हुन् । उनी संसारको सबै सुख आनन्द छोडेर तपस्यामा लिन हुन्छन् । उनको अध्याँरो रूप पनि छ । शिव हिन्दु धर्मका सबैभन्दा महत्त्वपूर्ण देवता हुन । योगीहरू र सारा सृष्टिकाे  संरक्षक, र वेदहरू, पवित्र ग्रन्थहरूको संरक्षक हुन्।

शिवकी पत्नी पार्वती हुन् । उनी पहिले  दक्षकी छोरी सती थिइन् । दक्षले शिव र सतीको विवाहलाई स्वीकार गरेनन् र  उनी सधैँ शिवलाई घृणा गरिरहन्थे ।  आफ्ना पतिलाई तथानाम गाली गर्दा सतीदेवीलाई असह्य हुन्थ्याे ।  एकपटक दक्षले गरेकाे यज्ञमा सतीकाे अगाडि आफ्नै बाबुले महादेवलाई धरै निन्दा गरे । याे सहन नसकी सतीले यज्ञकुण्डमा हाम फालेर प्राणत्याग गरिन् ।  याे सहन नसकी महादेवले अन्य लडाकुकाे सृष्टि गरे । अरू  देवताहरूले शिवलाई अत्यन्त हिंसा गरे । भने र उनले दक्षको शिर  काटी बाेकाकाे शिरसँग जाेडिदिए । सती आफ्नो पुर्नजन्ममा   पार्वतीको रुपमा शिवसँग विवाह गरिन् ।

शिवले आफ्नो टाउकोमा गङ्गा नदी राखेका छन् । उनको टाउकोमा आधा चन्द्रमा पनि छ । शिवले आफ्नो घाँटीमा सर्प राखेका छन्। त्यो सर्पले  निडर र शक्तिको निसानी गर्छ । उनको सबैभन्दा शक्ति भएको उनको तेस्रो आँखा हो। त्यो आँखाले नकारात्मक ऊर्जालाई पहिचान गर्छ । यो आँखा ज्ञानको पनि प्रतीक हाे ।