Logo

Student Corner

अमूल्य पानी

Written by: Sayuri Shrestha - 28017, Grade VII

Posted on: 13 June, 2022

पानी हो अमृतको खानी

सबैले पानी पिउने गर्नुपर्छ बानी

बुढाबुढी होस् या साना नानी

सबैलाई अमूल्य छ पानी


नदी ,नाला, खोला र कुवा

सबैतिर पाउछौँ पानी

मुहारलाई पनि राख्न शुद्ध

चाहिन्छ हामीलाई पानी


हेर्दा छ जताततै पानी

तर दूषित हुन्छ जानी नजानी

खेर नफाली  बचत गर्नुपर्छ

जथाभावी नफाल नानी ।।