Logo

Student Corner

दिन शनिवारकाे

Written by: Anuskha Kalu - 27025, Grade VIII

Posted on: 08 June, 2022

खुला छ आकाश

निलाे रङले भरिएकाे

दिन छ रमाइलाे अनि आनन्दकाे 

आरामकाे अनि हर्षकाे

आहा! आज त शनिवार ।।


शनिवारकाे दिन

सरसफाइमा ध्यान

शरीर र मन दुवै चङ्गा 

घरमा अभिभावककाे सानिध्यता

लाग्छ याे कुनै पर्व हाे ।

शनिवार हामी सबैकाे गर्व हाे ।


हेर्छु चारैतिर 

चराचुरुङ्गीहरू रमाइरहेका

कति रमाइला तिनका दिन

गाउँदै छन् गीत 

अनि लाग्छ 

मसँग लाउँदै छन् मित 


साँझपख  सधैँ आकाश नियाल्छु

पहेँलाे आकाशमा 

कलिलाे घामले 

मसँग बिदा मागेकाे

आहा कति रमाइलाे 

दिन शनिवारकाे ।।