Logo

Student Corner

चाडपर्व

Written by: Jenial Nepal - 29054, Grade VI

Posted on: 08 June, 2022

सुखमय देखिन्छ संसार

आयाे रसिलाे चाडबाड

फागुनमा शिवरात्री

साउनमा आउछ तिज ।१।


दसैँ अनि तिहारसँगै आउने

नयाँ नाना लगाई मिठाे खान पाउने 

सप्तरङ्गी टीकाले निधार सजाई

द्याैसी भैलाे खेल्न जाऊँ हात समाई 


रङ्गीचङ्गी फूलहरूले फूलबारी ढाकेकाे 

तिनै फूलका माला उनी भाइलाई राखेकाे

विदेशिएका दाजुभाइ देश फर्की आउने

घरबाट चेलीहरू माइतीघर जाने ।


पारिवारिक जमघटसँगै मनमा आउने बहार

सबैभन्दा मन पर्ने चाड हाे तिहार

 

राताे पाेते सिन्दुर टीका सारी चाेलाे लगाई

तीजका गीतमा चेलीहरू नाच्छन् रमाई रमाई 

गाईजात्रा राेपाई जात्रा अनि घाेडेजात्रा

फरक फरक संस्कृतिले नेपाल छ विचित्र