Logo

Student Corner

डियरवाक पाेइट्री नाइट

Written by: Asha Dahal - 2021005, Grade X

Posted on: 19 December, 2019

‘डियरवाक पाेइट्री नाइट’ प्रतियाेगिताकाे  आरम्भ एक महिना अगाडिदेखि नै थियाे । पाेइट्री नाइटका लागि कविता लेख्‍न भनेर सबैजना उत्साहित देखिन्थे । एक महिना अगाडि नै कविता लेख्न कै लागि  कसैका हातमा कलम र कपि देखिन्थे भने कतिपयले त कविता लागि भनेर नयाँ र अनाैठा शब्दहरू पनि जम्मा गर्न थालिसकेका थिए । कसैले कविता लेखिसकेर गुरूहरूसँग कसरी वाचन गर्दा उत्कृष्ट हुन्छ हाेला भनी सल्लाहसमेत लिएका थिए ।   केही दिनपछि सेमिफाइनलका लागि पैँतीस जना विद्यार्थी छनाेट भएका थिए । गुरू तेज र निर्मलले हामीलाई  फेवा हलमा बाेलाउनुभयाे । कक्षामा पढाइ आफ्नै गतिमा चलिरहेकाे थियाे । एक एक गर्दै हामीले आफैले लेखेका कविताहरू वाचन गर्याैँ । याे क्रम लगभग एक घन्टा जति चल्याे त्यसपछि तेज गरूले र निर्मल गुरूले लेवल च्याम्पियन त्यसै दिन छनाेट गर्नुभएकाे थियाे तर ती बिजेताहरूकाे नाम गाेप्य नै राखिएकाे थियाे । सबै विद्यार्थी एकसे एक थिए । कडा प्रतिस्पर्धा भएकाे थियाे । सेमिफाइनलकाे दुई दिनपछि फाइनलमा पुग्नेहरूकाे नाम सार्वजनिक भयाे । म पनि फाइनलमा पुगेकाे थाहा पाउँदा धेरै नै खुसी भएँ । त्यसपछि आफूले आफैलाई तयार गर्न थालेँ । सबै प्रतियाेगीहरू मन लगाएर खट्न थालेकाे देखिन्थ्याे  ।  श्रावण ३ अर्थात् ‘डियरवाक पाेइट्री नाइट’ फाइनलका दिन हामी सबै प्रतियाेगीहरू बिहानै आ-आफ्ना ताेकिएका सहयाेगी शिक्षकलाई भेट्न गयौँ । बिहानदेखि उत्साहित भएका प्रतियोगीहरू देख्दा खुसी लागेकाे थियाे । करिब दुई बजे हामी सबै प्रतियोगीहरू गुरूहरूसँग सगरमाथा हलमा गयौँ । त्यहाँ हामीहरूलाई गुरूहरूले स्टेजमा आफ्नाे प्रस्तुती  के कसरी दिने भन्ने कुराहरू सिकाउनुभयो। अभ्यास गर्दागर्दै दिउँसोको करिब ४ बजिसकेको थियो। त्यतिबेलासम्म कुनैकुनै साथीको अनुहारमा अलिअलि डर त कुनैकुनै साथीहरूकाे मनमा बलियाे आत्मविश्वास पलाएकाे भान मैले गरेकी थिएँ। हामीहरू हलमा प्रवेश गर्दा करिब तीन सय भन्दा धेरै दर्शकरू हुनुहुन्थ्यो। उद्घाेषककाे भूमिकामा विद्यालयकी शिक्षिका साम्यो हाङ राई हुनुहुन्थ्याे । त्यस लगतै कार्यक्रम सुरु भयो  आरम्भमा अङ्ग्रेजी कविताको वाचन सुरु भयो त्यसपछि नेपाली कविता वनचन सुरु भयो । सबै कविता प्रेमीहरू कविता वाचनको आनन्द लिइ वाह ! वाह ! भन्दै ताली बजाइरहेका थिए । सबै वाचित कविताहरू पनि अब्बल थिए। कविता लेखेर वाचनकलामा निखार ल्याउन सके सुनमा सुगन्ध हुने कुरा मैले त्यस दिन थाहा पाएँ । कविता वाचनकाे पालाे पनि सकियाे । त्यसपछि निर्णायकले आआफ्ना मन्तव्यहरू राख्नुभयाे । प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम भयाे । त्यसदिन मेराे नजरमा सबै प्रतियाेगी बिजेता थिए । निर्णायकलाई पनि आफ्नाे निर्णय दिन धाै धाै परे हाेला जस्ताे मलाई लागेकाे थियाे । मुटुकाे धड्कन बढिरहेकाे थियाे । लाेअर स्कुलबाट अङ्ग्रेजी र नेपाली विधामा लेवल च्याम्पियन मानश्वी निराैला, मिडल स्कुलबाट अङ्ग्रेजी र नेपाली क्रमश: सुनवी पाेखरेल र अनुश्री आचार्य  लेवल च्याम्पियन भएका थिए भने हाइस्कुलबाट अङ्ग्रेजी र नेपाली विधामा क्रमश: साइसा पुडासैनी र अरूणेश मानन्धर लेवल च्याम्पियनकाे उपाधि चुम्न सफल भए । त्यसपछि डियरवाक पाेइट्री नाइट च्याम्पियनकाे घाेषणा गरियाे । नेपाली विधामा लाेवर स्कुलकी मानश्वी निराैला र अङ्ग्रेजी विधामा हाइ स्कुलकी साइसा पुडासैनीले डियरवाक पाेइट्री नाइट २०७६ काे उपाधि प्राप्त गरेका थिए । तेज गुरूले कार्यक्रमकाे समापन गर्नुभयाे । त्यसपछि केही तस्बिरहरू लिएर सबै जना आआफ्ना अभिभावकका साथ घरतिर लाग्याैँ । त्यतिबेला कसैकाे अनुहार हँसिलाे त कसैकाे अनुहारमा आँसु देखिएकाे थियाे । म पनि एउटा प्रतियाेगी थिएँ । मैले त्यस दिनकाे प्रतियाेगीतामा प्रथम स्थान हासिल नगरे पनि मेराे ओठमा मुस्कान थियाे किनभने त्यहाँसम्म आइपुग्दा मैले धेरै कुरा सिक्ने अवसर पाएकी थिएँ ।  वास्तवमा हार जीत त केवल एउटा पल हाे तर त्यसबाट प्राप्त हुने प्रत्यक्ष र अप्रत्यक्ष  शिक्षा र सिकाइ नै सबैभन्दा ठूलाे खुसी हाे भन्ने कुरा मैले अनुभव गरेँ ।