Written by: Umanga Khatiwada - 23047, Grade XII
Posted on: 02 May, 2022
न त घर छ, न त एक गासको टुंगो
न नाम छ, न थर, म त केवल एक सडकको ढुङ्गो।
थाहा छैन कुन जन्मको पाप भोग्नु पर्यो,
आमाबाबु त छैनन् येसैले वास्तविकता मान्नुपर्यो।
म पनि मानिस नै हु भोक, तिर्खा, जाडो लाग्छ,
तर वास्तविकता यो पीडालाई
मैले लागुपदार्थको माध्यमबाट मेत्नुपर्छा
विद्यार्थी जीवन देखेर मलाई पनि पढ्न मन लग्छ,
तर येही पापी पेट पाल्न बोरा बोकी हिद्द्नै पर्छ।
सडकछाप भएर जन्ममा मेरो के गल्ति भयो,
माया, दया त पाइन मैले तर जीवनमा हेला मात्र रहयो।
सडकछाप होइन तर यो समाजले येही नाम दियो,
मानिस भएर पनि परजिवीको जस्तै जीवन बाच्न बाध्य बनायो।
खोजि हिड्छन् सुख मानिस जीवनभर भने त्यो सुख कहाँ छ,
अरुको उपकार गरेर खुशी प्राप्त गर्नमा सुखको छुट्टै मजा छ ।
आफु बाचेर अरुलाई मर्न दिने यो कस्तो धर्म हो,
आफु बाचेर आरुलाई बचाउनु, असली धर्म हो।