Logo

Student Corner

मेरो देशको पहिचान

Written by: Sambridhi Neupane - 23036, Grade XI

Posted on: 01 April, 2022

बुद्ध जन्मिएकोदेखि लिएर
सबैभन्दा अग्लाे शिखर भएको मेरो देश
सयौँ थरीका पाइन्छन् यहाँ भाषा र भेष ।

राजा हटाएर नेताहरू ल्याइयो देशलाई बचाउन
तर नेताहरू आएका रहेछन् पैसा मात्र पचाउन
अहिले हाम्रा वीरहरूको रगतको छाप मेटिँदै गइरहेकाे छ,
राम्रा होलान् भनेर छानेका ती नेताबाट नै देशकाे बलात्कार भइरहेकाे छ ।

जता हेर्यो डर छ, कि त छ बिग्रेकाे रोड
अहिले यहाँ इज्जत र अस्तित्व साटिँदै छन्,
जनताहरू आसमा छन्,
नेताहरू चाहिँ नसाको सुरमा मातिँदै छन्,
यही हो मेरो देशको पहिचान ।