Logo

Student Corner

मेरा आमा र बुबा

Written by: Prastut Chandra Baral - 31018, Grade III

Posted on: 21 March, 2022

आमा र बुबा मेरा लागि ईश्वर हुनुहुन्छ । सुख दुःखमा अरूले साथ नदिएपनि उहाँहरूले मलाई सधैँ साथ दिनुहुन्छ । उहाँहरूले मलाई सुखसँग राख्नुभएको छ । जस्तो परिस्थिति आए पनि उहाँहरूले मलाई दुःख दिनुहुन्न र दुःख पनि देखाउनुहुन्न । नराम्रो काम गरेमा मलाई सधैँ सकारात्मक कार्य गर्न प्रोत्साहन गर्नुहुन्छ । मेरा बुबाआमाले सधैँभरि आफूभन्दा ठुलाको सम्मान गर्नुपर्छ । सानालाई माया गर्नुपर्छ भन्ने सल्लाह  दिनुहुन्छ । मलाई गृहकार्य गर्न उत्साहित गर्नुहुन्छ । म पनि आमा बुबाको कुरालाई सम्मान गर्दछु र उहाँहरुले देखाएको बाटोमा हिँड्छु ।