Logo

Student Corner

म त सानी नानी

Written by: Aarika Jha - 31003, Grade III

Posted on: 15 March, 2022

म त सानी नानी  

लाउँछु नाना छानीछानी ।

सफा नाना लाउने 

छ है मेरो बानी ।

गर्दिनँ नराम्रो काम

म त जानीजानी ।

बगैँचामा पनि जान्छु

फूल हेर्छु आँखा तानीतानी ।

 रातिसम्म पढ्छु 

म त केही दुःख नमानी ।

फलफूल धेरै खान्छु 

फाइदा गर्छ भन्ने ठानी ।

म त सानी नानी 

नाना लाउँछु छानीछानी ।