Logo

Student Corner

मैतिदेवी

Written by: Mauri Shrestha - 31040, Grade III

Posted on: 15 March, 2022

मैतिदेवी मन्दिर एक प्रसिद्ध देवीको मन्दिर हो । याे मन्दिर काठमाडाैँ मैतिदेवीमा रहेकाे छ । यो मन्दिरमा निकै भक्तजनहरू आएर दर्शन गर्ने गर्दछन् । मैतिदेवी मन्दिर अगाडि एउटा रुख छ । यो मन्दिरको दाहिनेतर्फ कुण्ड पनि छ । बायातर्फ खेलमैदान र शौचालय छ । मैतिदेवीमा टाढाबाट भक्तजनहरू आएर पूजाआजा गर्दछन् । मैतिदेवीमा दसैँको बेलामा नाै दिनसम्म माताको पूजा गरेर जमरा राख्ने चलन छ । मैतिदेवी मन्दिरलाई अंशुवर्माले बनाएका थिए । हामी सरस्वती पूजाको दिन पनि यस मन्दिरमा गएर आशीर्वाद लिने गर्दछाैँ ।