Logo

Student Corner

फूल

Written by: Shiv Raj Singh - 33021, Grade I

Posted on: 14 March, 2022

फूल धेरै रङका हुन्छन् । कुनै फूल राता हुन्छन् । कुनै फूल सेता हुन्छन् भने कुनै फूल गुलाबी हुन्छन् । यसरी फूल विभिन्न रङका हुन्छन् । फूल हेर्दा सुन्दर देखिन्छन् । फूलले सुगन्ध पनि दिन्छ । फूलको बास्ना चारैतिर फैलिएको हुन्छ । फूल भगवानको पूजा गर्न पनि चाहिन्छ । विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा पनि चाहिन्छ । फूलका हामी माला पनि बनाउँछौँ । फूल विभिन्न देवी देवतालाई पूजा गर्दाखेरि चढाइन्छ । फूलको माला भगवानलाई पनि लगाइदिइन्छ । हामीले हाम्रो घरमा गमलामा तथा बगैंचामा फूल लगायाैँ भने हाम्रो घर पनि सुन्दर देखिन्छ ।