Logo

Student Corner

सरस्वती पूजा

Written by: Ujjwol Dhakal - 33023, Grade I

Posted on: 10 March, 2022

सरस्वती पूजा  हिन्दुहरूको महत्त्वपूर्ण चाड हो । यसलाई श्रीपञ्चमी पनि भनिन्छ । यस दिनमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन सबै शिक्षण संस्थामा शिक्षक तथा विद्यार्थीहरूले सरस्वती माताको पूजा गर्छन् । यस दिन साना बच्चाहरूलाई  लेख्न र पढ्न पनि सिकाइन्छ । सरस्वती पूजाको दिन मैले बिहान सबेरै उठेर नुहाएँ । म मन्दिर पूजा गर्न गएँ । म  मन्दिर आमासँग गएर मैले सरस्वतीको पूजा गरी घर फर्किएँ । घरमा मैले किताब समाएर पढ्न थालेँ । हामीले दिउँसो परिवारसँग रमाइलो गरी मिठामिठा खानेकुरा खाएर बितायौंँ ।