Logo

Student Corner

आँप

Written by: Kashvi Satyal - 33010, Grade I

Posted on: 09 March, 2022

आँप फलफूलहरूको राजा हो । आँप गर्मी मौसममा तराईमा फल्छ । आँप काँचो हुँदा हरियो हुन्छ । पाकेपछि यसको रङ पहेँलो हुन्छ । कुनै आँप  राता रङका पनि हुन्छन् । आँप काँचो हुँदा अचार बनाएर खान मिल्छ । पाकेपछिको पहेंलो आँपलाई जुस बनाएर खान पनि हुन्छ । आँपमा भिटामिन पाइन्छ । मलाई आँप धेरै मनपर्छ ।