Written by: Aneechka Kaushik - 29006, Grade V
Posted on: 07 March, 2022
मलाई मन पर्छ तिहार
सबैका चम्किला मुहार
सबतिर बत्तिका झिलिमिली
रङ्गिन आँगनमा रङगाेली
सबैलाई मन पर्ने तिहार मनाउन
भेटघाट गरी साथमा रमाउन
आउँछन् खेल्न द्याैसी भैलाे
खाेली बस्नु सबैले दैलाे
नखेल्नु है काेही पटका सँग
सात थरका टिकाकाे रङ
रङ्गियाे सबैकाे माथ
दिदीबहिनी दाजुभाइकाे साथ
गाई,कुकुर,कागकाे पूजा गरी
मनाऔँ तिहार खुसीले भरी