Logo

Student Corner

मेरो नयाँ घर

Written by: Sarvani Manandhar - 32016, Grade II

Posted on: 02 March, 2022

मेरो नाम सर्वाणी मानन्धर हाे । मेरो नयाँ घर काठमाडौँको चपलीमा छ । त्यहाँ धेरै गाईहरू देखिन्छन् । बिहान घाम लागेको बेलामा मानिसहरूले चाैरमा गाई चराउँछन् । त्यहाँ साइकल खेल्नको लागि पनि ठुलो ठाउँ छ । त्यहाँका धेरै साथी र छिमेकीहरू मिलननसार छन् । मेरो नयाँ घर सिमेन्ट र बालुवाबाट बनेको छ । मेरो नयाँ घरबाट पहाडहरू देखिन्छन् । मेरो नयाँ घर वरपरका बारीहरूमा धेरै तरकारीहरू लगाएको छ । बाटो छेउमा एउटा सानो मन्दिर पनि छ । त्यहाँ पसलहरू पनि छन् । घरबाट छोटो दूरीमा एउटा ठूलो र राम्रो पार्क छ । त्यहाँ धेरै घर छैनन् ।