Logo

Student Corner

मेरी हजुरआमा

Written by: Aarushi Parsai - 32002, Grade II

Posted on: 24 February, 2022

हजुरआमा मलाई धेरै माया गर्ने 

मलाई पनि हजुरआमाको धेरै माया लाग्ने 

 मिठा मिठा खानाहरू नातिनीलाई भन्ने 

म चाहिँ बरु खान्न भन्दै टाढा टाढा भाग्ने 

हजुरआमाले कथाभन्दा सुन्न मन पर्छ 

रमाइलाे कहानीले मनै दङ्ग पर्छ

 पटुकीमा राखेको चकलेट निकाल्दै 

नातिनी तिमी खाऊ भन्दै मुखमा हाल्दिँदै 

मेरी हजुरआमा मलाई धेरै मन पराउने 

म पनि हजुरआमा भन्दै  सधैँ बोलाउने ।