Logo

Student Corner

हिउँदे बिदाको अनुभव

Written by: Aashutosh Kafle - 33026, Grade I

Posted on: 23 February, 2022

पुसको १० गतेदेखि २५ गतेसम्म हाम्रो स्कुलमा हिउँदे बिदा भयो । हिउँदे बिदामा मैले अङ्ग्रेजी र नेपालीका नयाँ किताबहरू पढ्ने अवसर पाएँ । मेरा नयाँ किताबका नामहरू सुपर आमा र अंग्रेजीको चाहिँ एलेपान्टस थिए । मैले किताब पढेर अभिलेख पनि भरेँ । किताबमा राम्रा राम्रा चित्रहरू देखेर म धेरै खुसी भएँ । ती चित्रहरू मैले कापीमा बनाएँ । किताब पढ्दा र चित्र बनाउँदा मलाई धेरै रमाइलो भयो । मैले नयाँ नयाँ शब्दहरू पनि पढेँ । यसरी नै मैले मेरो  हिउँदे बिदा बिताएँ ।