Logo

Student Corner

सहयोगी मानिस

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 22 February, 2022

कुनै एक गाउँमा एउटा राजु भन्ने गरिब मानिस बस्थे। राजुको बस्नको लागि घर थिएन र अरू आवश्यक सामानहरू पनि थिएनन् । गाउमा बसिरहेका मानिसहरूले राजुलाई धेरै जिस्काउथे । ती मानिसहरूले राजुलाई उसको रूप र उसको जीवनको अवस्था देखेर जिस्काउथे तर रामु भने मनको राम्रो मानिस थियो । ऊसँग केही नभए पनि अरूलाई सहयोग गर्न तयार थियो। आफूले केही काम गरेर जति पैसा कमाउथ्याे, त्यो पैसा अरू गरिब मानिसहरूलाई दिन्थ्यो। त्यही गाउँमा एक धनी हजाम बस्थ्यो । उसको नाम किलाल थियो। किलालले कहिल्यै पनि आफ्नो धन देख्दैनथ्याे। ऊ एकदमै सहयोगी मानिस थियो।

राजुले आफ्नो जीवनको लागि एक नयाँ काम खोज्न हिडे । राजुले धेरै समयसम्म खोजेपछि मात्रै एक  ठाउँमा काम गर्न पाए  तर कामको मालिकले राजुलाई २० रुपैँया दिएर भनेछ “तपाईंले यो २० रुपैया लिएर राम्रो देखिनको लागि लुगा किनेर आउनुहोस् । कपाल काटेर आउनेहाेस् । त्यसपछि हामी तपाईंलाई यो काम दिनेछौं ।” राजुले सोचे  यो त २० रुपैया मात्रै हो। यसबाट त केही नि आउँदैन। राजु केही नभन्दै हजाम खोज्न गएछन्  । हजामले कपाल काटेर १५० रुपैया लिएछन् । त्यसपछि राजु रामुको पसलमा गएछन् । राजुले उसको अवस्थाको बारेमा रामुलाई भनेपछि रामुले बुझेछन्  राजु एकदमै राम्रा मानिस थिए। त्यसैले उनले राजुलाई पैसा नलिएकन कपाल काटिदिएछ । साथसाथै रामुले राजुलाई लगाउनको लागि लुगा दिएछ । राजुले त्यो काम पाएछन् ।

धेरै वर्ष बितिसकेको थियो । रामुको काम राम्रो नभएर उसकाे  धेरै घाटा भइसकेको थियो भने राजु त्यस कामले गर्दा धेरै धनी भैसकेको थियो। राजुले रामुको अवस्था सुन्दाखेरि एकदमै दुखी भए  । त्यसैले राजु रामुलाई भेट्न गए  र पैसा दिए  । राजु र रामु साथी भएर बसे।