Logo

Student Corner

मेरो घरकाे कुकुर

Written by: Mauri Shrestha - 31040, Grade III

Posted on: 22 February, 2022

मेरो घरमा एउटा कुकुर छ । त्यसको नाम काले हो । कालेका शरीरका राैँ काला छन् । काले बाह्र महिनाको भयो । काले धेरै राम्रो छ । काले र म कहिलेकाहीं फुटबल पनि खेल्छौँ । म कालेलाई धेरै माया गर्छु । म कहिलेकाहीँ कालेलाई घुमाउन पनि लैजान्छु । कालेले नचिनेको मानिसलाई घरमा आउन दिँदैन । कालेले खानेकुराहरू पनि खान्छ । उसलाई मासुभात खान बढी मन पर्छ । कालेले हाम्रो घरको रक्षा गर्छ ।