Logo

Student Corner

हलो

Written by: Deeva Shrestha - 28016, Grade VI

Posted on: 17 February, 2022

जमिन जोत्न प्रयोग गरिने कृषि औजारलाई हलो भनिन्छ । हलो गोरु र घोडाले तान्छन् । बिउ छर्नुअघि खेतको माटोलाई दानाको साइजमा तोड्न खुकुलो पार्नुपर्छ । जोत्ने मुख्य औजारहरू ट्याक्टर र हलाेमध्ये हलाे परम्परागत औजार हाे भने ट्याक्टर आधुनिक कृषि औजार हाे । हलाे जाेत्ने मानिसलाई हली भनिन्छ ।  जोतिसकेपछि, माटोलाई समान रूपमा बाँडिन्छ र सम्म पारिन्छ । त्यसपछि मल राखिन्छ । जोत्दा माटो खुकुलो हुन्छ र गहिरो माटोमा पोषक तत्वहरू माथि आउँछन् । माटोमा हावाकाे मात्रा बढ्छ जसले गर्दा सास फेर्न हावा उपलब्ध हुन्छ र जराहरू सजिलै माटोको बीचमा छिर्न सक्छन् । जोत्ने अन्य उद्देश्यहरू मलको एकीकरण, झारपात उखेल्ने, सङ्क्रामक रोगहरू हटाउने, कीराहरू हटाउने आदि हुन् । यसका लागि काठ वा फलामको हलो प्रयोग गरिन्छ । यो हलो तान्न गोरु वा ट्रयाक्टरको प्रयोग गरिन्छ ।  आधुनिक युगमा पनि यातायात नपुगेकाे ठाउँमा र ससाना गराहरू भएकाे ठाउँमा जाेत्नुपरेमा हलाेकाे प्रयाेग गरिने हुँदा अहिले पनि याे प्रचलित छ ।