Logo

Student Corner

याेमरी पूर्णिमा

Written by: Prasiddha Shrestha - 28008, Grade VI

Posted on: 15 February, 2022

नेपाल विविध भाषा, पेसा, जाति, धर्म र संस्कृतिले समृद्ध भएकाे विश्वकाे एक समृद्ध मुलुक हाे । यहाँ जाति र धर्मका आधारमा फरक फरक चाडपर्वहरू मनाइन्छन् । ती पर्वहरूमध्ये याेमरी पूर्णिमा पनि एक प्रसिद्ध चाड हाे ।

याेमरी भनेको नेवारी परम्परामा बनाइने रोटी हो । याेमरी भन्ने शब्द नेवारी शब्द हो र याेमरी नेवारहरूले मात्र बनाउन जान्दछन् ।  अहिलेचाहिँ अरूहरूले पनि बनाउने कोसिस गर्छन् र  घरमा पकाएर खान्छन् ।  याेमरी पूर्णिमालाई धान्य पुर्णिमा पनि भन्दछन् । योमरी पूर्णिमाको दिन नेवारहरूको घरमा विशेष पूजाआजा हुन्छ ।  याेमरी कसरी बनाइन्छ भने यो चामलको पिठोलाई तातो पानी हालेर अलिकति घ्यू हालेर मुछ्नुपर्छ अनि त्यसलाई दुई हातको सहायताले डल्लो बनाएर आइक्रिमको कोनजस्तै बनाउनुपर्छ । माथिल्लो भागमा एउटा औँला छिराएर प्वाल बनाउने अनि त्यो त्वाललाई ठुलो बनाएर चाकु हाल्नुपर्छ । त्यो प्वाललाई बन्द गरेर विभिन्न आकार बनाउन सकिन्छ  । चाकुुलाई मिठो बनाउन त्यसमा तिलको धुलो नरिवलको धुलो मिलाएर बनाउनुपर्छ । याेमरी चाकुको मात्र बनाउनुपर्छ भन्ने छैन, खुवा,मासु, मासको धूलोको पनि बनाउन सकिन्छ । ।याेमरी पूर्णीमाको दिन देेउताललाई पूजा गरेर याेमरी चढाएर ढुकुटीमा याेमरीलाई पूजा गर्नुपर्छ अनि घरका परिवार बसेर खान्छन् अनि त्यो ढुकुटीमा राखेर पूजा गरेको याेमरी चार दिनको दिन पूजा गरेर निकालिन्छ ।  यसलाई  प्रसादको रुपमा खाइन्छ ।

विविधतामा एकता रहेकाे मेराे देश नेपालमा मनाइने याेमरी पूर्णिमाले नेवारी संस्कृति र परम्परालाई बचाउने काम गरेकाे छ । यस पर्वलाई बचाउनु हामी सबैकाे कर्तव्य हाे ।