Logo

Student Corner

ठन्डियाम

Written by: Prasiddhi Dangol - 28009, Grade VI

Posted on: 11 February, 2022

चिसो,जाडो,हिउँद लाग्यो ठन्डियाम
यो महिनामा चाहिने न्यानाे न्यानो घाम ।

पहाडमा कुहिरो छ,हिमालमा हिउँ
रौतहट तराईमा त कसरी म जिउँ
तातो तातो चिया म सँधै पिइरहुँ
हाम्रो प्यारो न्यानो घाम सँधै तापिरहुँ ।

बिहान रात चिसो बढ्छ,झ्यालढोका लाऔँ टम्म
जाडोबाट बच्नला‌ई सिरक ओडौँ गम्म
तातो तातो खान्छु, नुहाँउछु पनि तातो
कुहिरोले सिताम्मै पार्‍याे चारैतिर बाटोघाटो ।

जिउमा न्यानो लुगा लगाई,खाने तातो तातो खाना
हिउँदबाट सबै बच्नुपर्छ ठुला अनि साना
चिसोले फैलियो निमोनिया र रुघाखोकी
ठन्डिबाट सचेत भई स्वस्थ हुने हो कि?