Logo

Student Corner

क्रिसमस

Written by: Sayam Adhikari - 27011, Grade VII

Posted on: 04 February, 2022

यस संसारमा धेरै चाडहरू छन्। क्रिष्टमस तिनीहरूमध्ये एक हो। क्रिष्टमस जीसस क्राइस्टकाे जन्मदिन मनाउने एक चाड हो। नेपालमा  पनि याे चाड हर्षाेल्लासका साथ  मनाउँछन्। यस चाडमा हामी एक अर्कालाई उपहार बाँड्छाैँ । हामीसँग सजावट गर्न पाइन रूख छ यो पनि उनीहरूको एक भाग हो  । क्रिष्टमसमा हामी परिवारसँगै भोज खान्छौँ । त्यो समय हामी हाम्रो परिवारसँग समय बिताउँछाैँ । हामी हाम्रो घर सजाउँछौँ र पाइनका रूखहरू पनि सजाउँदै  क्रिष्टमस २५ डिसेम्बरमा मनाइन्छ। नेपालमा पौष ९ वा १० गते  पर्छ । हामी क्रिष्टमस २ दिन मनाउँछौँ । पहिलो दिनलाई क्रिष्टमस इभ भनिन्छ । दोस्रोलाई क्रिसमस भनिन्छ।  व्यक्तिहरू भन्छन् कि लामो दाह्री भएको र रातो वस्त्र भएको एक व्यक्ति देखा पर्दछ र उपहार पठाउँदछ।मानिसहरूले उसलाई सान्ताक्लज भन्छन् । मेराे क्रिष्टमस ईभमा मेराे जन्मदिन छ । त्यसैले हामी यो अझै खुसी मनाउँछौँ । नेपालमा धेरै पर्वहरू छन् । जस्तैः दसैँ, तिहार र छठ आदि । नेपालमा सबै चाडपर्वलाई सम्पूर्ण नेपालीहरूले  एकआपसमा शुभकामना बाँडेर  उत्सवका साथ मनाउँदछन्।
मानिसहरू अहिले विभिन्न धर्मलाई याे धर्म राम्राे र याे नराम्राे भनेर परिवर्तन गराउँदै पनि हिँडेका पनि देखिन्छन् । मानिसहरूले यस किसिमका कामहरू गर्नुहुँदैन। जसजसले जुनजुन धर्म र चाडपर्व मनाइन्छ ,एकआपसमा मिलेर सद्भावकासाथ मनाउनु पर्दछ ।