Logo

Student Corner

भाेलिकाे म

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 01 February, 2022

आमाबुबाकाे एक्लाे 
हुँ नेपाली छाेराे
छैन केहीकाे डर ।

परिश्रम र पसिनामा 
विश्वास गरी
मन वचन र कर्म
सदा सत्कार्यमा लागी
पूरा गर्नेछु
मनकाे सपना 
अनि हसाउने छु 
मातापिताकाे मुहार ।

भाेलिकाे म
हुनेछु आत्मनिर्भर 
अनि लैजानेछु मेराे देश
विकासकाे चुलीमा ।

हिड्ने छु 
वीर गाेर्खालीकाे बाटाेमा
चिनाउने छु देशकाे नाम
एक असल, परिश्रमी र कर्मठ वीर
भाेलिकाे म ।।