Written by: Prashraya Shrestha - 26014, Grade VIII
Posted on: 28 January, 2022
"ए रमेश गाडी निकाल !!" घरबाट हाकिम साबले कराउनुभयो , हाकिमले एउटा ठुलो सुटकेस डिकीमा राख्नुभयो डिकीबाट ठुंगठुंग गर्दे आवाज आइरहेको थियो तर मैले के हो भनेर सोधिन। हाकिमको मुखभरि पसिना थियो । हाकिमले मलाई ५० हजार दिएर एउटा घना जङ्गलमा त्यो सुटकेस गाड्ने भनेर हुकुम दिनुभयो । हाकिम जानुभयो। मैले सुटकेसभित्र हेर्न खोजे तर लक लागेको थियो ।
५ महिनापछि टिभीमा हाकिम १३ वर्षको बच्चाको हत्याको आरोपमा जेल जानुभयो । मेरो मुखभरि पसिना थियाे । मेरो हात काप्न थाल्यो । म यस्तो स्थितिमा कहिल्यै पनि परेको थिइन । म एउटा चालक भए पनि म राम्रै परिवारमा जन्मेको थिएँ । मेरो बुबा म बच्चा नै हुँदा मरेर जानुभएको थियो त्यही दिनदेखि मैले र मेरो दाइले घर समाल्ने काम गरिरहेका थियौ । मेरी आमा पनि धेरै बाँच्नुभएन। उनको पुरै जिन्दगी बुबालाई स्यार्नैमा बित्यो। म ५ कक्षामा हुँदा मैले हाकिमलाई भेटेँ उनी रातो गाडीमा स्कुल हेर्न आएका थिए । उनले मेरो च्यातिएकाे जुत्ता देखेर साेधे "ए फुच्चे जुत्ता कसरी च्यातिएको" मैले नसुनेको जस्तो गरेर आफ्नो घर लागेँ । भोलिपल्ट पनि हाकिमसाब उतै थिए ।
एकदिन हाकिमले मलाई सोधे "कति कक्षा पढ्छौ बाबु ?" मैले जवाफ दिएँ केही समयपछि हाकिमसाब भित्र जानुभयो, अरू मान्छेहरूबाट मेरो बारेमा सुनेर होलाकि हाकिमले मसँग दयाले बोल्न सुरु गरे । हाकिमले मलाई अपनाए । उनले मलाई अपनाए पनि उनमा मलाई आफ्नै छोरा जति माया थिएन तर म हाकिमको घरमा बस्न खुसी थिएँ। हाकिमले मलाई खान पकाउनेदेखि सफा गर्ने काम गराए । म १८ वर्ष पुगेपछि हाकिमले मलाई उनको चालक बनाए । धेरे वर्ष बिते, त्यतिबेलासम्म उनको आफ्नो छोरा पनि ठुलो भैसकेको थियो तर हाकिम उनको छोराको व्यवहारसँग सन्तुष्ट थिएनन् । अचनाक एक दिन हाकिमलाई उनको छोराको फोन आउँछ । हाकिमको छोराले आत्तिँदै भन्छ "बाबा! बाबा ! मलाई द- दस लाख रुपिया चाहियो" फोन काटछ । हाकिम र म नजिकैको प्रहरी स्टेशनमा जान्छाैँ । हाकिमले आफ्नो छोराको बारेमा सबै भन्छन् । हाकिमको छोरा लागु पदार्थ आरोपमा जेल गैसकेको हुन्छ। यो सुनेर हाकिमलाई झड्का लाग्छ। प्रहरीहरूले हाकिमको छोरालाई घर लग्छन् तर उसलाई केही पछुताे हुँदैन। हाकिमले उनको छोरालाई सुधार्न खोज्छ तर सफल हुदैन। अब म मात्रै उनको अन्तिम आशा राख्छु ।
एक महिनापछि हाकिमको छोरा घरको तिजोरी चोरेर भाग्छ निरास भई हाकिमले उनको छोरालाई खोज्ने प्रयास पनि गर्देनन । हाकिमले मलाई अझै काम सिकाउन थाल्छन् । बिस्तारै म हाकिमसँग नजिक हुँदै थिए । हाकिम पनि खुसी थिए तर हाकिम अझै पनि अपसोसमा थिए । एक दिन हाकिम र म कामबाट आउँदा उनको छोरा घरमा पर्खिराखेका थिए । हाकिमको छोराले मलाई बाहिर बस्न आदेश दिए। उनको नज़रमा म एउटा चालक मात्र थिएँ । म गाडीमा कुर्दे बसिरहेको थिएँ त्यसपछि यो सब भयो । हाकिमको छोरा फरार भयो अनि अहिले पनि म ठान्छु हाकिम निर्दोश छन् तर म चाहेर पनि केही गर्न सक्दिन। सबै प्रमाण हाकिमको पक्षमा छ । मैले उनलाई बेला बेलामा कारागारमा भेट्न जाने गरेको छु ।