Logo

Student Corner

जलवायु परिवर्तन

Written by: Manaswi Sapkota - 26004, Grade VIII

Posted on: 24 January, 2022

जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढाउँदै लैजान्छ ।  जलवायु परिवर्तन पृथ्वी र कुनै पनि जीवित प्राणीहरूको लागि अत्यन्त हानिकारक छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्न साँच्चै गाह्रो छ तर असम्भव भने छैन । कुनै पनि समस्याको समाधान गर्नका लागि हामीले समस्याको कारण पहिचान गर्न आवश्यक छ । तसर्थ  जलवायु परिवर्तनकाे  समाधान गर्न हामीले यसको कारण जान्न आवश्यक छ । 
जलवायु परिवर्तनका कारणहरू धेरै छन जस्तै उद्योगहरू, कारखानाहरू, पुराना सवारी साधनहरू  चलाउनु आदि। जलवायु परिवर्तनका धेरै प्राकृतिक कारणहरू पनि छन् । तीमध्ये केही जनावरहरू, जङ्गलमा लागेकाे आगो, ज्वालामुखी विस्फोट आदि हुन् ।

जब हामीले जलवायु परिवर्तनका कारणहरू थाहा पाउँछाै तब समाधानका उपायहरू पनि थाहा पाउन सक्छौँ । हामीले जलवायु परिवर्तन घटाउनका लागि नचाहिएकाे कुरालाई फेरि नयाँ  सामान बनाएर  पूनः  प्रयोग गर्नुपर्छ, बाहिर जाँदा हामीले हाम्रो आफ्नै झोला लैजानुपर्छ , बिरुवा राेप्नुपर्छ, तातो पानीको कम प्रयोग गर्नुपर्छ, कम्पोस्ट मल बनाउनुपर्छ र सकेसम्म  आफ्नै भान्छाकाे लागि चाहिने बगैँचा बनाउनुपर्छ । प्लास्टिकको कमीले जलवायु परिवर्तन घटाउन मद्दत गर्दछ । हामीले आवश्यक नभएको बेला बिजुली प्रयोग गर्नुहुँदैन। यदि हामी पैसा खर्च गर्न सक्षम छौं भने हामीले त्यसलाई रूख रोप्न वा जलवायु परिवर्तन रोक्न योगदान गर्नुपर्छ। मानिसहरूलाई जलवायु परिवर्तनबारे थाहा भएता पनि जलवायु परिवर्तन घटाउनका लागि कुनै पनि उपायहरू अवलम्बन गरेका छैनन्  । यसले के भन्छ ? यस्ले हामी मानिसले जलवायु परिवर्तनलाई धेरै हल्का रूपमा लिइरहेका छाै भन्छ र त्यो राम्रो होइन । जलवायु परिवर्तनका कारण धेरै किरा, जनावरहरू लाेप  भएका छन र भएका पनि लाेप हुने अवस्थामा छन् ।, यी जनावरहरूले पृथ्वीलाई सन्तुलनमा राख्छन् त्यसैले तिनीहरूको लाेप हुँदा  मानवका लागि पनि हानिकारक हुन्छ ।

जलवायु परिवर्तनले गर्दा मनिसहरू पनि प्रभावित भइरहेका छन । जस्तै समयभन्दा अगाडि पनि मर्नु र बाढी पहिरो आएर खेत र अन्न नष्ट हुनु, यो सब मनिसकाे लागि राम्रो हैन । त्यसैले धेरै ढिलो हुन दिनुभन्दा पहिले हामीले जलवायु परिवर्तनलाई नियन्त्रण गर्नुपर्छ।