Logo

Student Corner

नेपाली

Written by: Aaniya Poudel - 27002, Grade VII

Posted on: 20 January, 2022

जाति धर्म छन् हामो देशमा धेरै
अगाडि बढ्छाैँ  सबैलाई लिएरै
धेरै भाषा छ यो हाम्रो देशमा
चाडपर्व मनाउछौँ हामी सबै आपनो भेषमा ।

भाग लिन्छौँ हामी एक अर्काको धर्ममा
हाम्रो जीवन बसेको हुन्छ हाम्रो कर्ममा
लालीगुराँस राष्ट्रिय फूल हो हाम्रो
लाग्छ आफ्नै वेशभुषा र धर्म राम्रो ।

अपनायाैँ हामीले अरूहरूको धर्म
राम्रो काम गर्नुपर्छ राम्रो हुन कर्म
वीर गाेर्खाली नामले चिनिएका हामी नेपाली
मरिमेट्न तैयार हुन्थ्यौँ एक अर्काको लागि ।

मधुर भाकामा गाएको रोदी लाग्छ राम्रो
मनपर्छ खैजडीको र मादलुको मधुर धुन हाम्रो
इज्जत गर्नुपर्छ हामीले सबै जाति धर्मको
धर्म जाती सबै एक समान हो ।

लोकगीत र संस्कृति पहिचान हो हाम्रो
आफ्नो देश र पहिचान लाग्नुपर्छ राम्रो
नेपाली हौँ हामी  नेपाल साझा फूलबारी
वीर गोरखाली  हौँ  हामी नेपाली ।